Saturday, April 18News That Matters

उदयपुरमा पत्रकारसँग निर्बाचन आचारसंहिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

पूर्णपुष्टि, बैशाख ७

उदयपुरको गाइघाटमा पत्रकारलाई निर्बाचन आचारसंहिता सम्बन्धि जानकारी दिइएको छ । निर्बाचन कार्यलय उदयपुरद्दारा आयोजना गरिएको उक्त कार्यक्रममा ३० भन्दा बढी पत्रकारको उपस्थिति रहेको थियो ।
कर्मचारी मिलनकेन्द्रको सभाहल बोक्सेमा भएको कार्यक्रमको अध्यक्षता मुख्य निर्बाचन अधिकृत दिपक खनालले गरेका थिए । सो कार्यक्रम मा मुख्य निर्वाचन अधिकृत खनालले निर्बाचन लाई स्वच्छ र निश्पक्ष बनाउन पत्रकारीता क्षेत्रको भुमिका हुने उल्लेख गर्दै निर्बाचन मर्यादित बनाउन सहयोग गर्न अनुरोध गरेका थिए । प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादब लगायत जिल्लाका सबै सुरक्षा प्रमुख को उपास्थिती मा भएको कार्यक्रम मा आचारसंहितालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बिसयमा समेत छलफल भएको थियो।
यस्तै भोलि बैशाख ८ गते उदयपुरका सबै पालिकामा निर्बाचन अधिकृतको कार्यलय स्थापना हुँदै छ भने त्रीयुगा नगरको हकमा भने मुख्य निर्बाचन अधिकृतको कार्यालय ले नै निर्बाचन गराउनेछ ।