Monday, May 4News That Matters

उदयपुरमा नेपाल राष्ट्रिय मुवाँथाई संघ गठन, अध्यक्षमा रिदम सुनवार

पूर्णपुष्टि, १६ साउन ।
उदयपुरमा नेपाल राष्ट्रिय मुवाँथाई संघ गठन भएको छ । पर्श सुनुवार (रिदम) को अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा फर्श वहादुर मगर, सचिवमा समिप राई, सहसचिवमा सन्तोष निरौला, तुलसा कुमारी थापा, कोषाध्यक्षमा मिलन तामाङ, रहेका छन् । यस्तै सदस्यहरुमा सचितत्र राई, प्रकाश राई, भुवन राई र टेक वहादुर मगर रहेको छ ।

देशैभरी संघ विस्तारको क्रममा उदयपुरमा पनि उक्त खेलको संघ विस्तार गरिएको अध्यक्ष रिदम राईले जनाए । राईका अनुसार पूर्वी जिल्लाहरुमा खोटाङ, ओखलढुँगा, इलाम उदयपुर लगायत ठाउँमा संघ विस्तार भैसकेको र बाँकी जिल्लाहरुमा पनि विस्तारको काम भैरहेको जनाए । मुवाँथाई खेल नेपालका महत्वपूर्ण र प्रख्यात राष्ट्रिय खेल रहेको समेत राईले जनाए । संघ गठन गरे सँगै कार्यसमितिको सम्पूर्ण विवरण सहित उदयपुर जिल्ला खेलकुद विकास समितिमा पनि दर्ता गराई सकिएको छ, राईले भने । संघले भावी दिनमा खेललको आयोजना, प्रचार प्रसार, प्रशिक्षण तथा क्लवहरु समेत निर्माण गर्ने राईको भनाई छ ।

आत्मारक्षाका लागि मुवाँथाईमा खेलाडीहरुको आकर्षण

मुवाँथाई खेलका राष्ट्रिय प्रशिक्षक तथा रेफ्री बिजी शाह ठकुरीले यो बिभिन्न सेफ्टी प्रयोग गरी रिङ भित्र खेलिने खेल रहेको जनाए । अहिले नेपालमा पनि यो खेलले निकै लोकप्रियाता जमाईरहेको उनले जनाए ।
करिब १५ बर्ष अगाडी नेपाल भित्रिएको उक्त खेल थाईल्याण्डको भने राष्ट्रिय खेलनै रहेको ठकुरीको भनाई छ । ठकुरीका अनुसार उक्त खेल बिषेशगरी आत्मारक्षाको लागि खेलीने जनाए । नेपालमा महिला पुरुष दुवै यो खेलप्रति आकर्षित रहेको भनाई छ । मुवाँथाई पूर्वको झापा र धरानमा समेत खेलाईएको ठकुरीको भनाई छ । यसलाई विस्तारै सबैतिर फैलाउने, खेलाडी उत्पादन गर्ने र प्रतियोगिताहरुमा खेलाडीहरुलाई सहभागी गराउने काम नेपाल राष्ट्रिय मुवाँथाई संघले गरिरहेको जनाए ।