
पूर्णपुष्टि, वैशाख १९ गते ।
नेपाल सरकाले इस्लाम धर्मालम्बीहरुको पर्व इदका लागि भोली सार्वजनिक बिदा दिने निर्णय गरेसँगै उदयपुरमा पनि मंगलवार सवै कार्यालयहरु बन्द गरिने छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सोमवार जारी गरेको सूचनामा भनिएको छ, ‘‘ २०७९ वैशाख २० गते मंगलवार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

