Friday, May 1News That Matters

उदयपुरमा प्रतिबन्धित औषधि सहित ३ युवक पक्राउ

पूर्णपुष्टि, असोज १७ । उदयपुरमा प्रतिबन्धित औषधि सहित ३ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने २२ बर्षीय बिष्णु ब. श्रेष्ठ, २० बर्षीय कोसुबिन राई र २० बर्षीय अनिल राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार सोमबार अन्दाजी ३:४५ बजेको समयमा त्रि.न.पा–६ पटेर्वा स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीको गस्ति टोलिले पैदल हिड्दै आईरेहेका उनिहरुमाथि शंकालागि चेकजाँच गर्ने क्रममा प्रतिबन्धित औषधि फेला परेको हो ।

प्रहरीले बिष्णुको साथबाट एपिडोल ८० ट्याब्लेट,स्पासपेन १०० ट्याव्लेट, अनिलको साथबाट एपिडोल ६९ ट्याब्लेट , स्पासपेन ५० ट्याव्लेट गरी जम्मा एपिडोल १४९ ट्याब्लेट र स्पासपेन – १५० ट्याब्लेट बरामद गरेसँगै तिनै जनालाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।