
पूर्णपुष्टि, बैशाख १६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ स्थित प्रहरी चौकी लालपत्ताले नियमित चेकजाँचका क्रममा प्रतिबन्धित औषधि सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमा त्रियुगा नगरपालिका–१० बोक्सेका ४० वर्षीय अटो चालक पदम बहादुर परियार, ४६ वर्षीय कैलाश मग्राती, २६ वर्षीय मनोज मग्राती र २८ वर्षीया अरुना थापा मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार साथबाट स्पास्मो २ चक्की र गाँजा ५० ग्राम बरामद गरिएको हो । प्रदेश १–०५–००१ ह ०३४१ नम्बरको अटोमा सवार भएर आउँदै गरेका उनिहरुलाई प्रहरी चौकी लालपत्ताबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको प्रहरीले जनाएको छ ।
