
पूर्णपुष्टि,असार २८ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ९,गैरुनको झिल्लेटोल स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा प्रदेश सभा सचिवालयको स्कार्पियो दुर्घटना भएको छ । बिहिवार बिराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको को १ झ ६५६ नम्बरको स्कार्पियोलाई विपरित दिशाबाट आउँदै गरेको प्र।नम्बर १–०२–००१ख ९३२२ नम्बरको मिनि ट्रकले ठक्कर दिई दुर्घटना भएको हो ।

दुर्घट्नामा परी स्कार्पियामा उप–सचिव सहित ४ जना सामान्य घाईते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनमा मोरङ बिराटनगर महानगरपालिका प्रदेश सभाका उप–सचिव गौतम अमात्यको ठाउँकोमा सामान्य चोट, मोरङग लेटाङ नगरपाकिला–३,का ५५ वर्षीय रेवा श्रेष्ठको अनुहारमा सामान्य चोट लागेको जनाएको छ । यस्तै सोही स्थानका बस्ने २३ वर्षीय रेनिशा श्रेष्ठको दाहिने हातमा सामान्य चोटपटक लागेकोे छ । यता मोरङ जिल्लाको बिराटनगर मनपा–५,मा बस्ने ४३ वर्षीय स्कार्पीयो चालक सर्य नारायण राजंशीको ठाउँकोमा सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

टक्कर दिने मिनि ट्रकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याएको र ट्रक चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको । प्रहरीका अनुसार फरार रहेको चालकको खोजी कार्य भईरहेको जनाएको छ ।

