Tuesday, May 5News That Matters

उदयपुरमा प्रदेश स्तरीय होम स्टे (घरवास) सम्मेलन सुरु

पूर्णपुष्टि, २९ फागुन ।
उदयपुरमा कोशी प्रदेश स्तरीय होम स्टे ( घरवास ) सम्मेलन २०८० सुरु भएको छ । प्रदेशको १४ ओटै जिल्लाहरुमा रहेका होम स्टेहरुको उपस्थितिमा सम्मेलन सुरु भएको हो । त्रियुगा नगरपालिका ८ राजावास स्थित रहेको दनुवार सामुदायिक भवनमा सम्मेलन भैरहेको छ । कोशी प्रदेश सरकार, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा पर्यटन कार्यालय धरान, पर्यटन कार्यालय काकटभिट्टा, त्रियुगा नगरपालिका र होम स्टे महासंघको समन्वय रहेको छ । कार्यक्रमको उद्घाटन पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले गरेका छन् ।

उप्रेती सँगै खानेपानी उर्जा तथा सिंचाई मन्त्री नारायण बुर्जा मगर, प्रदेश सांसदहरु राजन किराती, सम्झना तामाङ, गिता रेग्मी सागै जिल्ला प्रमुख अधिकारी हरिप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको छ । मन्त्री उप्रदीले होम स्टे कोशी प्रदेशको मुख्य पर्यटन आर्षणको माध्यम रहेको जनाए । उनले पहाडी बिकट स्थानका महिलाहरुलाई समेत यसले आत्मानिर्भर बनाउनुका साथै पर्यटन आकर्षण्मा टेवा पुराएको जनाए । होम स्टेमा बिषेशगरी मौलिक, सामुदायिक, आर्गानिक र स्थानिय उत्पादनका खानाहरु पाईने मन्त्री उप्रेदीले जनाए । साथै स्थानीय उत्पादनका बस्तुहरुले समेत होम स्टेको आकर्षण बढाउने हुँदा स्थानीय उद्यमीहरुलाई आर्थिक आम्दानीको टेवामा सहज भएको जनाए ।