Monday, April 20News That Matters

उदयपुरमा प्रहरीलाई झुक्याएर सवारी क्षतीको बीमा दाबी गर्न रिपोर्ट लिन आएका एक पुरुष फक्राउ

पूर्णपुष्टि, कार्तिक ३

उदयपुरमा प्रहरीलाई झुक्याएर सवारी क्षती बीमा दाबी गर्न रिपोर्ट लिन आएका एक जना पुरुष पक्राउ परेको छ । धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय श्याम कुमार साहलाई गल मिति देखाएर बीमा दाबी गर्ने उद्देश्यले प्रहरी रिपोर्ट लिन आएको अभियोगमा जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।

उनले घटना भएको २ दिन पछिको विवरण बनाई बीमा दाबीका लागि प्रमाणिकरण रिपोर्ट प्रहरी संग लिन आएको खुलेको छ ।
साहले बीमा दाबी गर्ने उद्देश्यले साउन १४ गतेको घटनालाई १६ गतेको घटना बनाई प्रहरी संग प्रमाणिकरण रिपोर्ट लिन आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले बताउनुभयो । उक्त घटना बारे प्रहरीले घटनास्थलमा पुगी अवलोकन तथा सो सम्बन्धको अन्य कुराहरुको अध्ययन , अनुसन्धान गर्दा १६ गतेको नभई १४ गतेको भएको पाईएको प्रहरीको भनाई छ ।पक्राउ परेका साहलाई थप अनुसन्धान गरी कानुन बमोजिम आवश्यक कार्वाही गरिने गौतमले बताउनुभयो