
पूर्णपुष्टि, असार १४
उदयपुरमा फेरी ७ दिनका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय उदपुरले फेरी ७ दिन सम्मलाई निषेधाज्ञा थप गरेको हो । कोरोना भाईरस नियन्त्रण तथा रोकथाम लाई निरन्तरता दिँदै निषेधाज्ञा थप गरेको प्रशासनको सूचनामा उल्लेख गरिएको छ ।
हाल पनि जिल्लामा कोरोना संक्रमण नरोकिएका र दैनिक परिक्षणमा संक्रमण फेला परिरहेको भन्दै तत्कालै पूर्ण रुपले निषेधा खोलीहाल्नु नहुने सूचनामा उल्लेख गरिएको छ । सूचनामा १४ गते रातको १२ बजे बाट २१ गते रातको १२ बजे सम्मको लागि फेरी निषेधाज्ञा थप गरिएको जानकारी गराइएको छ ।
निषेधाज्ञा पहिले भन्दा सहज बनाएर थप गरिएको पनि प्रशासनले जनाएको छ । जिल्लामा निजि तथा ढुवानीका साधनहरुलाई खुल्ला गरिएको छ ।
निषेधाज्ञामा सार्वजानिक अत्यादिक भिँडभाँडका गतिविधिहरु खेलकुद, नाच, मेला, जात्रा, महोत्सव, भोजभतेर, बिवाह, प्रतबन्ध, पास्नी, जन्मउत्सव, मस्जीत, बिहार, चैत्य, चर्च, सैलुन, व्युटिपार्लर, सभाहल, फिल्म हल, तालिम, गोष्टी, जिमखाना, फिटनेस, पार्टीप्यालेर्स स्वीमिङ पुल, सेमिनार, आदि भिँडभाँडका कुनै पनि कार्यक्रमहरु भने बन्द गरिएको छ ।
शैक्षिक क्षेत्रहरु, कलेज, स्कुल, ट्युसन बन्द गरिनुका साथै विद्यार्थी शिक्षक भौतीक रुपमा भेला भई पठनपाठन र सिकाई गर्न नपाईने पनि सूचनामा उल्लेख गरिएको छ ।
जिल्लाभरी निजि सवारीलाई पनि खुल्ला गरिएको छ । स्वास्थ्य मापदण्ड अनुरुप अन्य बजार र सवारीलाई पनि खुल्ला गरिएको हो । अत्यादिक भिँडभाँडका पसलहरु बोहेकका खाद्यन्न बाहेकका अन्य बजार पसलहरु पनि सबै खुलाइएको छ ।
बिहान ६ बजे देखि बेलुका ६ बजे सम्मलाई बजार पसलहरु खुलाइएको हो । सरकारी कार्यालय बैँक वित्तियहरु पनि सबै खुलाइएको छ ।
