Wednesday, June 10News That Matters

एनआईसी एसिया बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा २ जना पक्राउ

पूर्णपुष्टि, असार १४

मोरङ बुढिगंगा गाउँपालिका २ टंकिसिनवारी स्थितमा सरस्वती खड्काको घरमा संचालनमा रहेको एनआईसी एसिया बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अबस्थामा २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका ९ का २४ बर्षीय मो। ईम्तियाज र २५ बर्षीय मो। अनिष हुसेन रहेका छन् ।

आज बिहानको राती पौने ३ बजे  बिभिन्न हाते औजारहरु प्रयोग गरेर तोडफोड गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो । हाते औजार सहित पक्राउ परेका उनिहरुलाई चोरी उद्योग कसूरमा थप अनुसन्धान भईरहेको छ ।