
पूर्णपुष्टि, मंसिर ७
मोरङका एक पुरुषको बसको ढोकाबाट खसेर उदयपुरमा मृत्यु भएको छ । उदयपुर स्थित गाईघाट कदमाहा सडक खण्ड चुरे जंगलमा गुडिरहेको बसको ढोका बाट खस्दा बसले किचेर पुरुषको ज्यान गएको हो ।
उनि मोरङ जिल्ला बगरगाछी बस्ने अन्दाजी ३०/३१ बर्षका सिजन शर्मा रहेको उदयपुर प्रहरीले जनाएको छ । बसको ढोका बाट खसेर घाईते भएको शर्माको जिल्ला अस्पताल उदयपुरमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए ।
डिएपी गौतमका अनुसार शर्माको मंगलबार ६ः४५ बजेको समयमा मृत्य भएको जनाएको छ ।प्रहरीले बस चालक त्रियुगा नगरपालिका १२ का मोहमद उल्फत र बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । गाईघाट बाट बिराटनगर छुटेको ना ६ ख ९२४६ नं को उक्त बसको ढोका बाट शर्मा खसेको थियो ।
