
पूर्णपुष्टि, साउन २१
उदयपुरको त्रियुगा नगरपालिका–१३ मा बहेड्वा थारु सामुदायीक होम स्टे भवनको शिलन्यास वुधबार भएको छ । होमस्टेको शिलन्यास असारी निवासी सहयोगी मनको धनी युवा समाज सेवी तथा व्यापारी विकास कटेलले गरेको हो । कार्यक्रममा थारुहरुको संस्कार, संस्कृति झल्किने बाजा गाजासहित होम स्टेको शिलन्यान गरिएको थियो ।

यस प्रकारका होम स्टेले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आगमन गराई यहाँ रहेको विविध कुराहरुको पहिचान गराई खाने तथा बस्ने व्यवस्था तथा सुरक्षाको कार्यहरु गर्नेछ । यसले लोपन्मुख संस्कृतिहरुको जगेर्ना गर्ने कार्य गर्ने छ । होम स्टे सञ्चालनबाट स्थानिय स्तरमा स्वरोजगार विकासको माध्यम वृद्धि हुने विश्वास समेत लिइएको छ ।
बहेड्वा थारु सामुदायीक होम स्टे त्रियुगा नगरपालिका–१३, उदयपुरको आयोजना र सामुदायिक कानुन अनुशासन केन्द्र , उदयपुर, सहारा कृषि सहकारी सस्था लिमिटेड, चक्लाबन्दी कृषि प्रबर्द्धन समिती, समाज सेवि समूह उदयपुर र १३ वडा कार्यालयको समन्वयनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा सहजीकरण भने होम स्टे अभियान्ता उतिम चन्द्र चौधरीले गर्नु भएको थियो । चौधरीका अनुसार बहेड्वा थारु सामुदायीक होम स्टे पहिलो र उदयपुरमा अझै १७ वटा थारु समुदायको परम्परालाई झल्काउने होम स्टे सञ्चालनमा ल्याउने योजना रहेको छ ।

कार्यक्रममा होम स्टे सचालक समितीको अध्यक्ष भगवान सिंह चौधरीले, वडा अध्यक्ष पशुपति चौधरी, बिकास कटेल, त्रि.न.पा सल्लाहकार समिती अध्यक्ष दृग लाल चौधरी, वडा सदस्य मान बहादुर मगर, तारा सुयल, शिव रेग्मी, नब प्रभात नेपा ल अध्यक्ष दुर्गा नन्द चौधरी, समाज सेवि उदयपुर जिल्ला सयोजक तथा सामाजिक अभियान्ता बिनोद कुमार कार्की, सहारा कृषि सहकारी सस्था लिमिटेड अध्यक्ष सिताराम चौधारी, बहे डवा सामुदायिक बन उपभोत्ता समिती अध्यक्ष नब राज कार्की, समाज सेवी बुद्धिजिबी लगाएतको उपस्थिती रहेको थियो ।

