Sunday, May 17News That Matters

एक युवकको शव कुलोमा भटियो

पूर्णपुष्टि, साउन २१

एक युवक घर नजिकैको कुलोमा मृत अवस्थामा भटिएको छ । सप्तरी खडक नरगपालिका–१० गरुराहका ३० वर्षीय श्यामसुन्दर राम बुधबार मृत अवस्थामा भटिएको हो ।

उनी घर नजिकैको कुलोमा घोप्टो परी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।