
पूर्णपुष्टि, साउन २१
डोरीले बाँधेर एक युवकलार्ई निर्घात कुट्पिट गर्ने वडाअध्यक्ष पक्राउ परेको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउलाई प्रहरीले पक्राउ गरको हो । नेपालीले स्थानीय सर्पे दमाईलाई साउन १५ गते डोरीले बाँधेर कुटपिट गरी यातना दिएका थिए । सो कुट्पिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
जाजरकोट प्रहरीले उनलाई सोधपुछका लागि भन्दै सदमुरकाम ल्याइएको जनाएको छ । स्थानीयलाई कुटेको भिडियोका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार टाढा भएका कारण विभिन्न इलाका प्रहरी कार्यालयको रोहबरमा उनलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको हो । पीडित युवालाई पनि जिल्लामा बोलाइएको छ । यद्यपि, पीडितले अहिलेसम्म ती वडा अध्यक्षविरुद्ध जाहेरी भने नदिएको प्रहरीले जनाएको छ ।
