Tuesday, June 9News That Matters

उदयपुरमा बालबिबाह गर्ने केटाकेटी र अविभावक सहित ४ जना पक्राउ

पूणर्पुष्टि, पुष २

उदयपुरमा बालबिबाहको आरोपमा केटा केटी र अविभावक सहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहिबार पक्राउ गरेको छ । २३ बर्षिय युवा र १७ बर्षिया बालीका बिबाहको आरोपमा केटा केटी र दुवैको अबिभावकलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रियुगा नगरपालिका ३ भुल्केका पुष्प कोईरालाको २३ बर्षिय छोरा अश्विन कोईराला र ताप्ली गाउँपालिका ५ आदमाराका खेचर बहादुरकी १७ बर्षिया छोरी गोमा खड्काले मंसिर १९ गते राधा खड्काको घरमा छिमेकीले नथापाउने गरी सुटुक्क बिबाह गरेको लिखित जाहेरीको आधारमा बिबाह गर्ने केटा केटी र अविभावक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

१७ बर्षिया बालिका सँग छिमेकीमा थाहै नदि बिबाह गरेको र बिहेका लागि बेहुला बेहुलीको कपडा कटारी बजारमा किनेर सुटुक्क टिका टालो गरी भगाएको जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ४ जनालाई नै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम बहादुर दाहालले बताउनुभयो ।