
पूणर्पुष्टि, पुष ३
आफु खुसी बाल बिवाह गरेको आरोपमा बिहिबार जिल्ला प्रहरी कार्यालय उदयपुरले एक जोडीलाई पक्राउ गरेको छ ।
उदयपुरगढी गाउँपालिका वडा नं ६ भुमरेको लिल बहादुर खड्काको १८ बर्षिय छोरा दुर्गा बहादुर खड्का र त्रियुगा नगरपालिका १६ सुकौरा काभ्रेभन्ज्याङका टंक बहादुर कार्कीको १७ बर्षिया छोरी खेली कार्की बिच दुवैको आपसी मिलेमतोमा मंसिर ३० गते बालबिबाह भएको लिखित जाहेरीको आधारमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पालिकाको ६ नं वडा काभ्रेपानी मन्दिरमा मंसिर ३० गते परिवारलाई समेत थाहा नदि आफु खुसी सिन्दुर पोते गरेको जाहेरीमा उल्लेखित रहेको प्रहरीले जनाएको छ ।
बिहे पश्चात उनिहरु नेपालटार स्थित दुर्गा बहादुर खड्काको दिदि सुनिता फुयलको घरमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
