Tuesday, June 9News That Matters

रेशम चौधरीलाई जन्मकैदको फैसाला, ३ बर्ष जेल सजाय सुनाएको लक्ष्मण चौधरीलाई पनि जन्मकैद

पूणर्पुष्टि, पुष २

टिकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्यामा संलग्न भएको आरोपित रेशम चौधरीलाई जन्मकैदको फैसाला सुनाएको छ । उच्च अदालत दिपायलले वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार उक्त फैसला सुनाएको हो ।

२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो । सोही घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यसअघि जसपाका सांसद रेशम चौधरी सहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

यसअघि तीन वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई पनि उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत कैलालीको फैसलाअनुसार तिन वर्ष कैद भुक्तानी गरिसकेका उनलाई बिहीबार उच्च अदालतले भने अघिल्लो फैसला उल्ट्याउँदै जन्मकैद हुने ठहर गरेको हो ।

जन्मकैदसँगै ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय हुने जिल्ला अदालतको फैसला सदर हुनेमा हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी समेत रहेका छन् ।

यसैगरी अर्का प्रतिवादी संगम भन्ने सन्तोष चौधरी, दील बहादुर चौधरीविरुद्धको मुद्धामा यसअघिको फैसला नमिलेको भन्दै केही उल्टिएको छ । उनीहरुलाई जनही १० वर्ष कैद सजाय हुने ठहर गरिएको छ ।

सुन्दरलाल कठरिया, बृज मोहन चौधरी र राजकुमार कठरियाको मुद्दा पनि केही उल्ट्याएर जनही ५ वर्ष कैद ठहर गरिएको छ भने रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेम बहादुर चौधरीलाई पनि जनही ५ वर्ष कैद ठहर गरिएको छ ।

सुन्नीराम चौधरी, लाहुराम चौधरी र राम कुमार कठरियालाई ३ वर्ष कैद गर्ने फैसला सदर हुँदा विश्राम चौधरीले भने सफाइ पाएका छन् । यसअघि जिल्ला अदालतले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।