Tuesday, June 9News That Matters

काम ढिलो गरेको भन्दै मालपोत कार्यालय तोडफोड

पूणर्पुष्टि, पुष ३

काम ढिलो गर्ने पर्वतको मालपोत कार्यालय एक सेवाग्राहीद्धारा तोडफोड भएको छ । समयमै आफ्नो काम नगरी ढिला सुस्ति गरेको भन्दै कार्यालय तोडफोड गरेका हुन् । पर्वत जिल्लाको जलजला गाउँपालिका-३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् ।

मालपोत कार्यालयमा काम भइरहेका बेला जग्गा राजीनामा पास गर्न आएका खत्रीले आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई समेत गाली गर्दै एक्कासि तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले जानकारी दिनुभयो ।

कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यालयभित्र हुने काम भइरहेका बेला आवेगमा आएका उनले कार्यालयको कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिनलगायत महत्वपूणर् कागजातमा क्षति पुर्याएको कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो ।