Tuesday, May 5News That Matters

उदयपुरमा बालिका बलत्कार गरेको आरोपमा एकजना पक्राउ

पूर्णपुष्टि, १७ असार ।
उदयपुरमा एक जनालाई प्रहरीले बालिका बलत्कार गरेको आरोपमा पक्राउ गरेको छ । ताप्ली गाउँपालिका (३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।