
पूर्णपुष्टि, असार १७
उदयपुरमा बालि तथा पशुपन्छी घुम्ती सेवा बारे स्थानीय सरकार र प्राविधिकहरु तथा किसानहरु सँग छलफल भएको छ । जिल्लाको चौदण्डीगढी, कटारी र बेलका त्रियुगा गरी चार नगरपालिकाहरुमा जनप्रतिनिधि प्राविधिक तथा किसानहरु सँग विमा वारे छलफल भएको हो ।
मेयर तथा वडाअध्यक्षहरुको भेलामा बालि तथा पशु पन्छी विमा बारे अन्तरक्रिया तथा छलफल गरिएको लुम्वीनी जनरल इन्स्योरेन्स केन्द्रीय कार्यालय कृषि बिभागका प्रमुख कुशव वरालले बताउनुभयो ।
नेपाल सरकारले ८० प्रतिशत अनुदानमा विमा गराईरहेको अवस्थामा बाँकी २० प्रतिशत किसानहरुले लगानी गर्नु पर्ने अवस्था छ ।
२० प्रतिशत पनि स्थानीय सरकारले लगानी गरिदएमा किसानलाई सुन्य प्रतिशतमा बालि तथा पशु पन्छी विमा गराउन सकिने वराले बताउनुभयो । वरालका अनुसार २० प्रतिशत पनि किसानहरुलाई स्थानीय सरकारले सहयोग गरी दिन माग सहित छलफल भएको जनाएको छ ।
किसानलाई सौलियत रुपमा विमा गराएमा उनिहरुको मनोवल बढ्ने र ठुलो क्षती बाट बच्न सकिने भन्दै विमा गराउन अनिवार्य रहेको कम्पनीले जनाए । यस विमाका लागि विमा समितिले कम्पनीलाई उदयपुर, खोटाङ, भोजपुर र ओखलढुँङगा गरी ४ जिल्ला तोकेको छ । कम्पनीको यो कार्यक्रम प्रति स्थानीय सरकार सकरात्मक रहेको समेत वराले बताउनुभयो। यस विमा अन्तर्गत, धान, मकै, कोदो, फलफुल बालिनाली र कुखुरा, सँगुर, भैँसी, बाख्रा, गाई लगायत पशुपन्छीहरुको विमा गर्न सकिन्छ ।
