Wednesday, July 1News That Matters

उदयपुरमा बिबाह तथा पुजा पाठमा पनि रोक, प्रशासनले अब यसको लागि सिफासिर नदिने

पूर्णपुष्टि, जेष्ठ १४

कोरोनको उच्च दरको मुख्य कारण बिबाह भोज भतेर तथा पुजा पाठ रहेको भन्दै जिल्ला प्रशासनले अब देखि यसका लागि सिफारिस नगर्ने जनाएको छ ।

कसैले यसको विरुद्धमा कार्य गरेको खण्डमा प्रशासनले कडा कार्वाही गर्ने जनाएको छ । सामान्यतया खाद्यन्न र अन्य हिसावले भन्दा पनि बिबाह तथा पुजा पाठले संक्रमण बढाएको रिपोर्ट प्राप्त भए सँगै बिबाहलाई पनि प्रशासनले पूर्ण रोक लगाएको हो ।

प्रशासनले पछिल्लो समयको निषेधाज्ञालाई व्यवस्थित र कडाईका साथ लागु गर्ने जनाएको छ । पछिल्लो ७ दिनका लागि थपिएको निषेधाज्ञाले संक्रमणको दर घटाउँदै सकरात्मक परिणाम दिनेमा प्रशासन ढुक्क रहेको साहायक जिल्ला प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताउनुभयो ।

उहाँले अहिले हुन लागिरहेको देवाली जस्तो पुजालाई पनि बन्देज गराएको बताउनुभयो । यो भन्दा पहिले बिबाह तथा पुजा पाठलाई महत्वको कार्यको रुपमा छाडेको भएपनि यसैको कारण आज जिल्लामा कोरोनको भयावह बनेको भन्दै यसलाई पनि तत्कालका लागि रोक लगाइएको अधिकारी पोखरेलले बताउनुभयो ।