Wednesday, June 10News That Matters

निशेधाज्ञ उलंघन गर्ने व्यक्तीलाइ १ लाख, संस्थालाइ ५ लाख जरिवाना : काेराेना खबर अपडेट – उदयपुर | १४ जेठ २०७८

https://m.youtube.com/watch?v=8Q-4qNmjmvg

विस्तृत खबर…

१.

जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा भरै राती १२ बजेदेखि लागु हुनेगरी फेरी ७ दिनका लागि निशेधाज्ञ थपिएको छ । हिजो बसेको प्रशासनको बैंठकले आगामी २१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञ थपेको हो । निशेधाज्ञ कडाइका लागि लागु गर्न आदेश प्रशासनको छ ।  सकैले अवाज्ञा गरेमा कारवाही हुने भन्दै सचेत पनि गराएको छ ।

निशेधाज्ञमा खाद्य सामग्री र निर्माण सामग्री ढुवानीका लागि केही खुकुलो गरिएको छ । बेलुका ५ बजेदेखि ९ बजेसम्म बील, भर्पाई र कागजातको आधारमा खाद्य सामग्री ढुवानीका सवारीलाई चल्न दिने भनिएको छ । त्यस्तै सम्बन्धीत आयोजना वा कार्यालयको आधिकार पत्र तथा आवश्यक विल भपाई तथा कागजातको आधारमा निर्माण सामग्रीका ढुवानी साधन चल्न दिने भनिएको छ । खाद्यन्न र निर्माणको हकमा प्रशासनको अनिवार्य पास हटाइएको छ । निशेधाज्ञको अन्य विषयमा यथावत छ ।

प्रशासनले निशेधाज्ञलाई थप कडाइ गर्दै आदेश उलंघन गर्ने ब्यक्तिलाई एकलाख, संस्थालाई ५ लाखसम्म जरिवाना गर्ने भएको छ । मास्क नलगाउनेलाई सय रुपैया, अनावश्यक हिड्ने दुई पांग्रेलाई २ हजार, चार पांग्रेलाई ५ हजार तोकेको छ

उदयपुर जिल्लामा निशेधाज्ञ जारी भएको आज तीन हप्ता पुगेको छ । कोरोना नियन्त्रणको एक अचुक उपाय निशेधाज्ञ भएपनि यसको पालनामा कमजोरी देखिएको छ । हिडडुलमा लापरवाही गर्ने, स्वास्थ्य मापदण्ड नअपनाउने गर्नाले उदयपुरमा कोरोना समुदायस्तरमै फैलिएको छ ।

यो तीनहप्तालाई नागरिकहरुले पालना गरेका अवस्था सन्तोष जनक रहेको प्रशासनको भनाइ छ भने नागरिकहरुले कडाइ नभएको प्रतिक्रिया दिएका छन् । (सहायक प्रमुख जिल्ला अधिकारी विनाेद पाेखरेलसंगकाे संवाद भिडियाेमा छ)

उदयपुरमा कोरोना संक्रमितको संख्या १ हजार १०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ७८ जना संक्रमित थपिएसंगै संक्रमितको कुलसंख्या त्यति पुगेको हो । पछिल्लो समय १७० जनाको परिक्षण गरिदा ३६ महिला र ४२ पुरुष गरी ७८ जना संक्रमित पुष्टि भएको हो । ९२ जनाको पिसिआर परिक्षण हुदा २४ जना पोजेटिभ र ७८ जनाको एन्टिजेन परिक्षण हुदा ५४ जना पोजेटिभ आएको हो । संक्रमितहरु त्रियुगा नगरपालिकाका सबैभन्दा बढि ७० जना थपिएको हुन् । बेलका नगरपालिकाको ६, चौदण्डीगढी नगरपालिकाको २ र उदयपुरगढी गाउँपालिकाको १ जना थपिएका हुन् ।

पछिल्लो केही समय उदयपुरमा दैनिक जसो कोरोना संक्रमितको मृत्यु थपिरहेको छ । एक जना संक्रमितको संख्या फेरी थपिएको छ । बेलका नगरपालिका वडा नं. २ को ६५ वर्षिय पुरुषको मृत्य भएको हो । उनको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । उनीसहित उदयपुरमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

उदयपुरमा निको हुनेको संख्या २०८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२ जना निको भएका हुन् । जिल्लामा हाल कुल संक्रमित ८६३ जना रहका छन् । जसमध्ये ८०७ जनाको होम आइसोलेशनमा र ५५ जनाको संस्थागत आइसोलेशनमा उपचाररत छन् ।

जिल्लाको चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका मध्ये सबैभन्दा बढि संक्रमित त्रियुगा नगरपालिकामा रहेका छन् । त्रियुगामा सक्रिय संक्रमित ४४७, मृत्यु संख्या २० र निको हुनेको संख्या ८३ रहेको छ । त्रियुगामा कुल संक्रमित ५५० जना हो ।

त्यसैगरी दोस्रो स्थानमा रहेको चौदण्डीगढीमा सक्रिय संक्रमित १०० जना छन् । मृत्यु संख्या ४ र निको संख्या ४७ रहेका छन् । त्यहाँको कुल संक्रमित संख्या १५१ हो । कटारीमा सक्रिय संक्रमित ९३, मृत्यु ३ र निको हुनेको संख्या १६ रहेका छन् । त्यहाँको कुल संक्रमित ११२ जना हो । बेलकामा सक्रिय संक्रमित ७० रहेका छन्, मृत्यु २ जना, निको ४१ जना रहेका छन् । त्यहाँको कुल संक्रमित संख्या ११३ रहेको छ । गाउँपालिकातर्फ रौतामाईमा सक्रिय संक्रमित ७०, निको ७ जना रहेका छन् । रौतामाईमा कुल संक्रमित ७७ जना हो । उदयपुरगढीमा सक्रिय स.क्रमित ३१ जना, मृत्यु २ र निको ५ जना रहेका छन् । त्यहाँ कुल संक्रमित ३८ जना हो ।

लिम्चुङबुङमा सक्रि संक्रमत ५१, निको हुनेको संख्या ८ रहेका छन् । त्यहाँ कुल संक्रमितको संख्या ५९ हो । गाउँपालिका मध्ये उदयपुरगढीमा मात्र मृत्यु रहेको छ भने तीनवटामा अहिलेसम्म छैन ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताएका छन् । जिल्लाका आठ वटै पालिकाको संयुक्त संस्था उदयपुर विकास बोर्डको संयोजकसमेत रहेका मेयर चौधरीले नागरिकलाई कोरोनाबाट बचाउन पालिकाहरु आफै खोप किन्ने काममा लागी परेको बताएका छन्  ।

१८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउन खोप खरिदको लागि लागी परेको मेयर चौधरीले बताए । मेयर चौधरीका अनुसार त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा खोप खरिद शिर्षकमा बजेट विनियोजन गर्ने स्विकृतिको लागि अनुरोध गरिएको छ ।

कोरोना महामारीकाबेला त्रियुगा नगरपालिका १६ सञ्चारविहिन बनेको छ । नेपाल टेलिकमले सञ्चार सेवा चुस्तदुरुस्त बनाउन नसक्दा सयजनाको हाराहारीमा कोरोना संक्रमित रहेको सो वडा सञ्चार विहिन बनेको हो ।

टेलिकमले १६ नम्बरमा राखेको टावरमा बैकल्पिक विद्युतलाईन सोलार नराख्दा राष्टिय प्रशारणको विद्युत काटिदा सञ्चार अवरुद्ध हुने गरेको छ । अहिले त्यहि अवस्था भएको वडाअध्यक्ष मानबहादुर राईले बताउनुभयो । संक्रमितहरु घरघरमा आइसोलेशनमा बसेको बेला उनीहरुलाई सञ्चारकै माध्यमबाट निगरानी, अनुगमन गरिरहनु पर्ने अवस्थामा संचार नै अवरुद्ध भएपछि समस्या आएको छ । संक्रमितहरु पनि स्वास्थयकर्मी र वडा जनप्रतिनिधिहरुसंग सम्पर्क विहिन बनेका छन् ।

तीनदिनदेखि राष्टिय प्रशारणको विद्युत गडबडी हुनाले टावरमा संचार अवरुद्ध हुन पुगेको टेलिकम शाखा गाईघाटका प्रमुख देवेन्द्र यादवले बताए । विद्युत कार्यालयसंग कुरा गरेर समस्या समाधानको प्रयास भइरहेको यादवले बताए । त्यहाँ सोलार जोड्ने पहल कार्यालयको तर्फबाट पनि भइरहेको बताए । तर, अहिले कोरोना संकटको बेला संचार अवरुद्ध हुनुले वडाबासीलाई थप समस्या परेको छ । विद्युत कार्यालय गाईघाटले त्यसतर्फबो विद्युत समस्या हलमा लागिरहेको जनाएको छ । अहिले कोरोनाको कारण भन्दै कर्मचारीहरु भनेको बेला खटेको अवस्था देखिदैन ।

कोरोनाको माहामारीमा महिला प्रजनन्मा सहजीकरण र मातृमृत्युदरलाई ध्यानमा राखि महिला पुनस्र्थापन केन्द्रले सरकारलाई ध्यानाकर्षण गराएको छ । केन्द्रले सरकार तथा सम्बन्धित सरोकारवाला निकाय समक्ष बिभिन्न ९ बुदे माग सहित ध्यानाकर्षण गराएको हो ।

पहिलेको माहामारीमा पनि मातृमृत्युदर ह्वात्तै बढेको र यो दोस्रो लहरमा पनि यतिनै बढेको भन्ने एकिन हुन तथ्याङमा आईनसकेको हुँदा महिला प्रजनन् अधिकार सुनिश्चितामा सरकारको ध्यान जानु पर्ने केन्द्रले बताएको छ ।

माहामारीको बेला धेरै गर्भवती महिला तथा किशोरीहरु यातायात, कोरोना माहामारीको डर, हस्पिटलको प्रयाप्त सुविधामा कटौती र अव्यवस्थीत उपचारका कारण हस्पिटलमा जान बन्चित छन् । यसले नेपालमा महिला र किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित हुन नसकेको केन्द्रले जनाएको छ । केन्द्रले सरकारलाई विज्ञाप्ती मार्फत ध्यानाकर्षन गराउँदै भनेका छन् प्रजनन् स्वास्थ्य निरपेक्ष विषय नभई जिवनका धेरै बिषयसँग जोडिएको बहुआयामिक तथा नैसर्गिक अधिकारको बिषय हो ।

माहामारीको बेलामा स्वास्थ्य संस्थाहरु बन्द नगरिएपनि अन्य कोरोना संक्रमितहरुको उपचार बाहेक अरु सेवाहरु बन्द छन् । यसले स्वास्थ्य प्रजनन्मा निकै अप्ठ्यारो परेको छ । नेपाल सरकारको पहिलो प्राथामिकता कोरोना नियन्त्रण रहेको भएपनि महिलाको प्रजनन् सेवा पनि अति नै संवेदनशिल र कुनै पनि हालतमा अबरुद्ध हुन नहुने सेवा हो । यो अवरुद्ध हुदा झनै जटिल अवस्था सिर्जना हुन सक्ने विज्ञाप्तीमा ध्यानाकर्षण गराइएको छ ।

बिज्ञाप्तीमा महिलाको प्रजनन तथा शिुशुको सुरक्षित जन्ममा सरकारले कुनै पनि अबरोध नगराउन तथा स्वास्थ्य सेवाहरु सहज र व्यवस्थीत गर्नु पर्नेमा जोड गराईएको छ ।

आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना संक्रमित थपिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा ९६  जनाको कोरोनाका कारण मृत्यु भएको छ । लगाता ६ दिनदेखि मृत्यु संख्या घट्दो रहेको छ । आजको सहित नेपालमा मृत्यु हुनेको कुल संख्या ७ हजार ४७ पुगेको छ । निको हुनेको संख्या बढ्दो छ । ९ हजार ८४१ जना आज निको हुने थपिएका छन् । योसंगै नेपालमा निको हुनेको कुल संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ । चारदिन यता सक्रिय संक्रमितको संख्या नेपालमा घट्दो छ ।

विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ९६ लाख ५२ हजार ३७९ पुगेको छ । निको हुनेको संख्या १५ करोड १३ लाख ९० हजार ६७८ पुगेको छ भने मृत्यु हुनेको संख्या ३५ लाख २५ हजार ५९२ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ४७ लाख ३६ हजार १०९ रहेको छ ।