Tuesday, July 28News That Matters

उदयपुरमा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

पूर्णपुष्टि,जेष्ठ ११ । उदयपुरमा बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–७, बस्ने २९ वर्षीय कमल श्रेष्ठ रहेका छन् ।

उच्च अदालत पाटनले २०७९ माघ २३ गतेको फैसलाले एक दिन कैद र २ लाख जरिवाना फैसला गरेको थियो । त्यसयता फरार रहेको उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी विशेष टोलीले बुधवार गोप्य सुचनाको आधारमा लुकिछीपी बसेको अवस्थामा निजकै घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी हरिनन्दन चौधरीले बताए ।