Tuesday, June 9News That Matters

उदयपुरमा बोलेरो दुर्घटना, चालक राई गम्भीर घाइते

पूर्णपुष्टि, जेष्ठ २५

उपुयपुरमा बोलेरो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएको छ । । कुखुराको चारो बोकेको बा १३ च ५६४८ नम्बरको बोलेरो सोमबार करिब साँझ ७ बजे सडकदेखि ४ सय मिटर तल खसेको थियो । कटारीदेखि ताप्ली गाउँपालिकातिर जाँदै गरेको बोलेरो उदयपुरगढी गाउँपालिका–३ चप्लेटी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २३ वर्षीय चालक आकाश राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका उदयपुरका प्रवक्ता  बेदप्रसाद गौतमले बताउनुभयो । राईको उदयपुरगढी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उद्दार गरी कटारी हस्पीटल उपचारका लागि पठाएको छ ।

प्रवक्ता गौतमका अनुसा राई अहिले बोल्न नसक्ने अवस्थामा रहको छ । उनको कटारी हस्पीटलमा उपचार भइरहेको छ ।