
पूर्णपुष्टि, जेष्ठ २५
मोरङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बेलबारी नगरपालिका–५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागेर ज्यान गएको हो ।
सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खादै गर्दा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले यस घटनाको थप अनुुसन्धान गरिरहेको छ ।
