Wednesday, June 10News That Matters

उदयपुरमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

पूर्णपुष्टि, साउन २२
उदयपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–४ बगाहा बस्ने ३० बर्षीय सन्देश कार्की र सोहि स्थानका ३१ बर्षीय फडिन्द्र घिमिरे रहेका छन् ।

त्रियुगा न.पा. ६ लालपत्ता स्थित कदमाबाट गाईघाट तर्फ आउदै गरेको प्र १–०५–००१ प ५९६७ नं.को स्कुटीलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको संयुक्त टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित पक्राउ परेको हो । उनिहरुको साथबाट प्रहरीले १२ ग्राम  लागुऔषध ब्राउन सुगर फेला पारी स्कुटर सहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनाको उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तोष आचार्यले बताए ।