
पूर्णपुष्टि, चैत्र २७ । उदयपुरको बेलका नगरपालिका–९ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–३ का २६ बर्षीय मुस्कान राई र २१ बर्षीय खम्ब बहादुर दाहाल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्ष (डिएसपी) हरिहरनाथ योगीका अनुसार सोमबार साझ इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाबाट गस्तिमा खटिएको प्रहरी टोलीले रामपुर देखि लालबजार तर्फ जादैँ गरेको को ३९ प ५६४९ नम्बरको स्कुटरलाई चेक जाचँ गर्ने क्रममा १ ग्राम ३३८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
ब्राउन सुगर बरामद भएसँगै चालक राई र दाहाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सोमबार साझ उनिहरुलाई पक्राउ गरेको भए पनि घटना बारे बुधबार सार्वजनिक गरिएको हो । पक्राउ परेका दुबै जना लागूऔषध सेबनकर्ता रहेको प्रहरीले जनाएको छ ।
