
बिक्रम राई
उदयपुर/फागुन १४
दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ जिल्ला ट्राफिक कार्यलय उदयपुरले बुधबारदेखी उदयपुरमा पनि भाडाका सवारी तथा ट्रिफरहरुमा टाइमकार्ड लागु गरेको छ । तिब्र गति नै दुर्घटनाको मुख्य क्षेति भन्दै यसको नियन्त्रणको लागि टाईमकार्ड लागु गरिएको हो । प्रदेश नं १ का ट्राफिक प्रमुख प्रहरी (उपरिक्षक) भिम बहादुर दाहालले सवारी चालकहरुलाई टाइमकार्ड वितरण गुर्नभयो ।
टाईमकार्ड वितरण गर्दै दाहालले १ नं प्रदेशको मुख्य जिल्लाहरु सुनसरी, मोरङ र झापामा टाइमकार्ड लागु गरिसकेको बताउनुभयो । यसका साथै पछिल्लो समय उदयपुरमा पनि सडक संञ्जालहरु व्यापक रुपमा बढिरहेको र सवारी साधन तथा सडकमा हुने दुर्घटनाहरुको जोखिम पनि उत्तिकै बढिरहेको भन्दै टाइमकार्ड लागु गरिएको बताउनुभयो ।
दाहालले टाइमकार्ड लगाउनुको कुनै कारणहरु रहेको बताउँदै पछिल्लो समयको दुर्घटनाको प्रकृति हेर्दा तिव्रगति नै दुर्घटनाको मुख्य कारण रहेको बताउनुभयो । बढीजसो हाइवेहरुमा प्रतिस्पर्धात्मक होटबाजीको गति र केही बढी यात्रुहरु भेट्छुकी भन्ने हिसावले गाडी चालाउँदा यसले दुर्घटनामा समस्या ल्याएको बताउँनुभयो ।
उहाँले उदयपुरको दुर्घटनाको विश्लेषण गर्दै ७ महिनाको अवधिमा २ सय ७ जना सडक दुर्घनामा परेको र त्यसमा २४ जनाले ज्यान गुमाएको बताउनुभयो । उहाँले दुर्घटनाको केही कारणहरु सडक शुसासनको व्यवस्था कम्जोरी पनि रहेको बताउनुभयो । यसको प्रभावकारीको निम्ति हामि सँग भएको सडकहरुलाई कसरी सुरक्षित गर्ने भन्नको कारण पनि टाइमकार्डको आवश्यक रहेको उहाँले बताउनुभयो । दाहालले सुरक्षित यात्रको लागि उदयपुरका सवारी चालकहरुलाई टाइमकार्डको लागु तथा पालनाका लागि अनुरोध समेत गर्नुभयो ।
यस्तैगरी कर्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका मयेर वलदेव चौधरीले यातायात व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गर्ने बताउनुभएको छ । बढ्दो सहरीकरण र सडकलाई मध्यनजर गर्दै सबै सम्बन्धित निकायहरुको पहलमा यसलाई व्यवस्थापन गरिने चौधरीले बताउनुभयो । उहाँले हतारलाई कम गरेर सवारी दुर्घटनालाई अन्त्य गर्न यात्रु, सवारी चालक दुवै पक्षले हतारलाई कम गर्ने र ट्राफिक नियमको पालना सँगै टाइमकार्डलाई पूर्ण पालना गर्न सुझाव दिनुभयो ।
यस्तै यातायात व्यवसायी संघका प्रतिनिधिहरुले सकारले यातायात व्यवसायी संघहरुलाई हेर्ने दृश्टि फरक बनाएको बताउनुभएको छ । केन्द्रिय प्रतिनिधि परमेश्वर घिमिरेले यातायात व्यवसायीहरुलाई सरकारले सकरात्मक दृष्टिले नहेरेको बताउनुभयो । सरकारले लागएको निति नियमले आफुहरुलाई सहज भएमा यसको अझै राम्ररी सामाधान गर्न सकिने उहाँले बताउनुभयो । उहाँले सडक दुर्घटनामा सबै क्षेत्रको गल्ती रहेको बताउनुभयो ।
यात्रु, चालक, व्यवसायी सबैको चेतनाको अभावले सडक दुर्घटना हुने गरेको बताउनुभयो । चालकले तिव्र चलाउने, यात्रुहरु आफ्नै तालमा बाटो काट्ने र व्यवसायहरुले गाडीको मेन्टेनेसलाई ख्याल नगर्ने कारण पनि दुर्घटना हुने गरेको बताउनुभयो । उहाँले यातायात व्यवसायी संघले दुर्घटना न्युनिकरणका लागि टाइमकार्डको पूर्ण पालना र प्रयोग गर्ने बताउनुभयो ।
जिल्ला प्रमुख अधिकारी दुर्वबहादुर खड्काले सरकारले यातायात व्यवसायीहरुलाई हेर्ने दृष्टि सकरात्मक रहेको बताउनुभयो । उहाँले व्यवसायी र यात्रुहरुमा सहजताका निम्ति नै निति नियम बनाएको बताउनुभयो । जुन कार्य गर्दा यात्रु, चालक र दुर्घटना न्युनिकरण हुन्छ त्यसलाई नै सरकारले प्राथामिकतामा राखेको बताउनुभयो । जुन सवारी साधनहरु जोखिम भन्दा बाहिर जान्छ त्यसलाई रोक्न खोजेको मात्रै उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यलयका प्रमुख बीर बहादुर बुढा मगरले ढिलो यात्रा नै सुरक्षित यात्रा तिव्रगति जिवनको क्षतीलाई ध्यान गर्नु पर्ने बताउनभयो । तिव्र गतिले भनेको समय र भनेको ठाउँमा हेइना नसोचेको ठाउँमा पुराउने बताउँदै सवारी दुर्घटनाको मुख्य कारण बन्दै आएको तिव्रगतिलाई चालकहरुले ध्यानदिन पर्ने बताउनुभयो । उहाँले विना लाइसेन्स सवारी नचलाउन पनि निर्देशन गर्नु भएको छ ।
टाइमकार्ड सुमो, बस, लगाएत भाडाका सम्पूर्ण सवारी साधन र प्राईभेट ट्रिफरलाई समेत लगाइएको जिल्ला ट्राफिक इन्चार्ज होम प्रसाद खनालले जानकारी दिनुभयो । टाइमकार्ड गाईघाटको त्रियुगा बसपार्कदेखी जलजले र लालपत्ता सम्म लगाइएको छ भने कटारीको वेलस्रोत देखी घुर्मि सम्म लागइएको छ । टाइमकार्डमा त्रियुगा बसपार्क देखी जलजले ७ कि.मि १८ मिनेट र जलजले देखी लालपत्ता सम्म ८ कि.मि २० मिनेको समय तोकिएको खनालले बताउनुभयो । कार्डमा उल्लेख गरिएको टाइम भन्दा अगवै ठाउँमा पुगेमा त्यस्ता सवारीलाई कार्वाही गरिने समेत खनालले बताउनुभयो । १ नं प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरी, जिल्ला प्रहरी कार्यलय उदयपुर, र जिल्ला ट्राफिक प्रहरी कार्यलय उदयपुरको संयुक्त आयोजनामा टाइमकार्ड वितरण कार्यक्रमको उद्घाटन गरिएको थियो ।
फोटो फिचर


