
पूर्णपुष्टि, फागुन १४ गते ।
आज अहिलेसम्मकै बढी शेयर बजारमा कारोबार भएको छ । कारोबार बन्द हुँदासम्म ४ अर्ब १५ करोड, ४८ लाख, ८३ हजार ९२ रुपैयाँको कारोबार भएको हो ।
यसअघि गत आइतबार ३ अर्ब ६० करोड, ८५ लाख, २६ हजार ३ सय ५४ रुपैयाँको कारोबार भएको थियो । उक्त रेकड तोड्दै बुधबार ४ अर्ब १५ करोड, ४८ लाख, ८३ हजार ९२ रुपैयाँको कारोबार भएको हो ।
दिनभर ९९ लाख ६ हजार ९ सय ८९ कित्ता शेयर किनबेच भएको छ । रिसूचक करिब ५१ अंकले बढेर १५ सय ९६.१३ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।
नेप्से परिसूचक आज ३ दशमलव ३ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनी कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९१ प्रतिशतले बढेको छ ।
