
भोजपुर, फागुन १४ गते ।
भोजपुर हतुवागढीको ठाडो खोलाले बगाएर एक युवाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका–६ निबासी २८ बर्षीय गौतम राईलाई खोलाले बगाएर मृत्यु भएको हो ।
मंगलवार ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै घर फर्केका राई बेलुकासम्म घर नआएपछि खोजतलास गर्ने क्रममा बुधबार विहान खोलाको बगरमा ढुङ्गामा च्यापिएर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
