Tuesday, July 14News That Matters

उदयपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ

पूर्णपुष्टि, फागुन २८

उदयपुरमा दुई नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । बेलका नगरपालिका–८ सिसौली सानो खैरेनी टप्पुबाट पक्राउ परेका हुन् ।

भरुवा बन्दुक राखेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले बेनपा–९ कमलाबारी बस्ने ३७ वर्षीय सनविर राई र ६५ वर्षीय कटारी साईला भन्ने लक्ष्मण विकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको घर खानतलासी गर्दा उनीहरुले बारीमा लुकाई राखेको दुई थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।