Tuesday, July 14News That Matters

उदयपुरमा ३ तला बाट खसेर गम्भीर भएको मजदुरलाई क्युपेक नेपालको आर्थिक सहयोग, परिवारबाट थप सहयोगको माग

पूर्णपुष्टि, फागुन २८

गाईघाटमा घर बनाउने क्रममा ३ तला बाट खसेर गम्भीर घाईते भएको मजदुरलाई क्युपेक नेपाल उदयपुरले आर्थिक सहयोग गरेको छ । त्रियुगा नगरपालिका ११ संगम टोल स्थित लाल कुमारी तामाङको घर निर्माण गरिरहेको अवस्थामा ३ तलाबाट खसेर गम्भिर घाईते भएको त्रियुगा नगरपालिका १ जोगिदहको धुरण चौधरीलाई आर्थिक सहयोग गरेको हो ।

३८ बर्षिय चौधरीको हाल बिराटनगर नोवेल हस्पिटलमा भेण्डिलेटरमा राखेर उपचार भईरहेको परिवारले जनाएको छ । उनको शरिरको बिभिन्न ठाउँ हात खुट्टा भाँचिनुका साथै टाउकोमा रगत जमेको हस्पिटलले जनाएको छ । हाल सम्म उपचारमै रहेको उनी बेहोस अवस्थामै रहेको परिवारले जनाए ।

घाईते चौधरीको पारिवारिक अवस्था अति कम्जोरका कारण हाल मर्ने बाँच्ने कुनै ठेगान नरहेको परिवारले जनाएको छ । हाल सम्म करिब ९ लाख जति हस्पिटलले खर्च मागिरहेको बेलामा परिवार सँग आर्थिक नभएपछि बिरामीको अवस्था झन जटिल रहेको बिरामीको बुबा भक्तिनारायण चौधरीले बताउनुभयो । आफु सँग जग्गा जमिन पनि नभएको र अन्य कुनै पनि आर्थिक स्रोत नभएको कारण छोराको उचित उपचारमा कठिन भएको उहाँले बताउनभुयो । जग्गा भाको भए पनि रिण लियर छोराको उपचार गराउँने थिए । उनले भने,

दरिलो एउटा घर समेत नरहेको चौधरीलाई आर्थिक जुटाउन निकै समस्या परेको छिमेकीहरुको भनाई छ । छोराको उपचारको लागि हाल चन्दा संकलन भन्दा अन्य स्रोत नरहेको चौधरीले बताउनुभयो । चौधरीले आफु समेत सडक छाप भईसकेको अवस्थामा छोराको यो हालतले परिवारमा थप समस्याले घेरेको बताउनुभयो । उहाँले सबै क्षेत्रहरु सँग सहयोगको माग गरिरहेको छ । ठुलो रकम लाग्ने भएपछि परिवार आर्थिक स्रोतको लागि दिनरात चन्दा संकलनमा खटिरहेको छ । उनलाई छिमेकी र क्युपेकले ठुलो सहयोग गरेको छ । छोरा उपचारको लागि बिभिन्न व्यक्ति तथा संस्थाहरुमा रसिद काटेर क्युपेकले चन्दा संकलन गर्न सहयोग गरिरहेको बिरामीका बुबाले बताउनुभयो । छिमेकीहरुले पनि सक्दो सहयोग गर्दै आएको छ । तर पनि ठुलो रकम चाहिने भएकाले सानो तिनो पैसाले उपचारमा निकै ढिलाई भैसकेको परिवारको भनाई छ । हाल सम्म चौधरीको उपचारमा चन्दा संकलन बाट १ लाख ७ हजार, क्युपेक नेपालबाट ५० हजार, घरबाट ८५ हजार, त्रियुगा नगरपालिका बाट २० हजार र पेटिदार बाट ३१ हजार मात्र रकम उपलब्ध भएको छ ।

क्युपेक नेपालका सचिव श्याम नन्द चौधरीले बिरामीको अवस्था चिन्ताजनक रहेकाले यसका लागि सहयोगका लागि आफुहरुले ५० हजार परिवारलाई प्रदान गरेको बताउनुभयो । कार्यालयबाट ५० हजार सहयोग गर्ने र अन्य सहयोगमा रसिद काटेर उपलब्ध गराउने काममा कार्यालय लागि परेको चौधरीले बताउनुभयो । उहाँले संस्थामा पनि आर्थिक स्रोत नभएकाले सबै मजदुर सदस्यहरुबाट रसिद काटेर सक्दो सहयोग गर्ने बताउनुभयो ।

चौधरीले यो उपचारको लागि घरधनि र घर बनाउन जिम्मा लिने पेटिदारले पहिलो पहल र सहयोग गर्नु पर्ने बताउनुभयो । आफुहरुले यत्रो सहयोग गर्दा पनि उनिहरुले भने कुनै चासो नदेखाउदा बिरामी झनै घम्भिर हुदै गएको बताउनुभयो । हाल सम्म चन्दाको आसमा मात्रै बिरामीको उपचार भईरहेको तर घरधनि र पेटिदारले कुनै चासो नराखेको उहाँको भनाई छ । क्युपेकले बनाएको नियम अनुसार यदि यस्तो कुनै घटना घटेमा ४ भाग लगाएर विरामिको उपचार गराउने नियम बनाएको छ । १ भाग बिरामी आफै, अर्को घर धनि, अर्को ठेकेदार र अर्को क्युपेक कार्यालय यी चार ओटा क्षेत्रले एक एक भाग बेहोर्ने गरी नियम बनाएको सचिव चौधरीले बताउनुभयो । मनौ ४ लाख बिरामी उपचार खर्च भएमा १ लाखको दरले बेहुर्नु पर्ने अर्थात हस्पिटलमा उठेको बिल अनुसार ४ भाग लाग्ने नियम छ । यो नियम क्युपेक संग आवद्ध मजदुरहरुको हकमा लागु गरिएको हो । क्युपेकको सदस्य तथा आधिकारीक मजदुरले यो सेवा पाउने छ ।

जिफन्ड त्रियुगा नगरकमिटिका अध्यक्ष सकुन्तला चौधरीले एक मजदुरको यो अवस्थालाई सबैले चासोका साथ सहयोग गर्न अनुरोध गर्नुभएको छ । बिभिन्न संघ संस्था, व्यापारी, व्यक्ति, व्यवसायी, मजदुर तथा देशविदेशमा रहनुहुने सबैलाई तत्कालै सक्दो सहयोग गरी एउटा मजदुरको बचाउमा सहभागी हुन अनुरोध गर्नुभयो । कोहि सहयोगी इच्छाको व्यक्ति भएमा बिरामीको भाईलाई ९८६२४३४७४० सम्पर्क समेत गर्न सकिने छ ।

दान गरौँ धर्म कमाऔँ भन्दै हाल धुरन चौधरी बचाउ अभियान पनि संञ्चालनमा छ । यहि फागुन ८ गते शनिवार काम गर्ने क्रममा चौधरी ३ तला बाट खसेर अचेत अवस्थामा पुग्यो हाल बिराटनगर उपचारमा भईरहेको उनिलाई आर्थिक समस्या परेको हो ।