उदयपुरमा भाईटिकाको दिन सवारी दुर्घटना : एकको मृत्यु, दुई घाईते

पूर्णपुष्टि, कार्तिक २१
शनिबार गाईघाटमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ, भने दुई जना घाईते भएका छन् ।
हिजो बेलुका ६ बजे त्रियुगा नगरपालिका–११ मेन चोकमा पुर्व तर्फ जादैँ गरेको स १ ह १६२० नम्बरको अटो र पिपलचोकबाट पुर्व तर्फ जादैँ गरेको को १९ प ९६४६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाईकल पछाडी सवार सोही स्थानका ८५ वर्षीय कुल प्रसाद भण्डारीको न्युरो बिराटनगरमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो ।
मोटरसाईकल चालक सप्तरी कंचनपुर नगरपालिका–१२ का ५२ वर्षीय कमल प्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका–७ का ४२ वर्षीय नर बहादुर कार्की सामान्य घाईते भएको १ नम्बर प्रदेश प्रहरी बिराटनगरले जनाएको छ । उनिहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0