
पूर्णपुष्टि, भदौ २०
उदयपुरमा भालु खोलाले बगाएर एक १३ वर्षीया बालिकाको ज्यान गएको छ । त्रियुगा नगरपालिका–७ बस्ते याम कुमार राईको छोरी यसिका राईको आज (आइतबार) भालु खोलाले बगाएर ज्यान गएको छ ।
ती बालिका खोलाको छेउमा रहेकोले नं. प्र १–०५–००१ ह ०१२७ नम्बरको आफ्नै अटो निकाल्न घरपरिवार संग गएकी थिईन् । उक्त खोलामा माथिबाट एक्कासी बाढी आउदा अटो र बच्चालाई बगाएको अटो थियो । प्रहरी र स्थानीयहरु मिलेर खोजतलासी गरेसी बालिका र अटोलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलबाट ८ कि.मी. दक्षिण त्रियुगा नगरपालिक–९ स्थित त्रियुगा खोलामा उक्त बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतमले जानकारी दिनुभयो । प्रनाउ गौतमका अनुसार अटो बगाएको स्थान देखि ५ सय मिटर तल फेला परेको थियो ।
