Friday, April 17News That Matters

उदयपुरमा भिरबाट बोलेरो खस्दा चालकको मृत्यु

पूर्णपुष्टि, मंसिर १६ । उदयपुरको कटारी नगरपालिका–१४ पाखिमारे त्रिचालिस किन्दु भिरबाट बोलेरो गाडी खस्दा सोमबार चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको महालक्ष्मी न.पा. ९ लिबु बस्ने ३४ बर्षीय दिपेन्द्र के.सी. रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार साझँ अन्दाजी साढेँ ५ बजेको समयमा काठमाडौंबाट उदयपुरको ताप्ली गा.पा. ५ रुपाटार जादैँ गरेको गाडी पाखिमारे त्रिचालिस किन्दु भिर स्थित सिद्धिचरण लोकमार्गमा सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो । लाशको सनाखत गर्ने क्रममा के.सी. गत शनिबार सुमो गाडी चलाई काठमाडौंबाट रुपाटार हिडेका उनको अन्तिम पटक परिवारसँग सोही दिन बेलुकाको ८ बजेर ४४ मिनेटमा फोन सम्पर्क भएको प्रहरी स्रोतले जनाएको छ ।

उक्त लाश कानूनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि आज बिहान ३ बजेको समयमा प्रादेशिक अस्पताल कटारी उदयपुरमा ल्याई राखिएको छ । भिरमा खसेको गाडी छेदविछेद अवस्थामा रहेकोले घटनाबाट भएको अन्य थप क्षतिको विवरण प्राप्त भइ नसकेको र घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिई गई थप अनुसन्धान र खोज तथा उद्वारको कार्य भइरहेको प्रहरीले जनाएको छ ।