Sunday, May 17News That Matters

उदयपुरमा भिरबाट लडेर एकजना युवकको ज्यान गयो

पूर्णपुष्टि, साउन २८

उदयपुरमा भिरबाट लडेर एकजना युवकको ज्यान गएको छ । रौतामाई गाउँपालिका–८ का नर्मन रिखाम मगरका ३० वर्षीय  छोरा चन्द्र बहादुर रिखाम मगरको भिरबाट लडेर ज्यान गएको हो ।

पुवारे भञ्याङबाट घर डिल्लीबर  नयाँबस्ती जाने क्रममा राती पुवारे भञ्याङको भिरबाट  लडी  मगरको ज्यान गएको सुचना आज बिहान प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनाको कानुनी प्रक्रिया पुरा गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतमले जानकारी दिनुभयो । यस घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाईएको डिएसपी गौतमले बताउनु भयो ।