Sunday, May 17News That Matters

उदयपुरमा भोलीबाट कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिने

पूर्णपुष्टि, साउन १८

उदयपुरमा भोली (मंगलबार) बाट कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिने भएको छ । अमेरीकाले अनुदानमा दिएको जोन्सन एन्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समुहकालाई भोलीबाट लगाइने छ । अति अशक्त बर्ग, वैदेशिक रोजगारीमा जान भिषा प्राप्त व्यक्ति एवम स्वास्थ्य संस्थामा कार्यरत स्वास्थकर्मी र सरसफाइकर्मीलाई यो खोप लगाइने छ । त्यस्तै क र ख वर्गको अपांगता भएका, नेपालमा रहेका शरणार्थीहरुलाई पनि उक्त खोल लगाइने छ ।

त्रियुगा नगरपालिका भवन र सो मातहतका सबै स्वास्थ्य चौकीहरुमा ०७८÷०४÷१९ र २० गते खोप लगाइने छ । त्यस्तैै, उदयपुर अस्पतालमा पनि साउन १९ र २० गते खोल लगाइने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

चौदण्डीगढी नगरपालिका र सो मातहतका सबै स्वास्थ्य चौकीहरुमा साउन १९ र २० गते खोल सञ्चालन गरिने छ । बेलका र सो मातहतका सबै स्वास्थ्य चौकीहरुमम साउन १९ र २० गते खोल लगाउने कार्यक्रम रहेको छ । उदयपुरगढी गाउँपालिका र सो मातहतका सम्पूर्ण स्वास्थ्य चौकीहरुमा पनि १९ र २० गते नै खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

रौतामाई र लिम्चुङबुङमा रहेका सबै स्वास्थ्य चौकीहरुमा २१ र २२ गते खोप लगाइने छ । कटारी र ताप्लीमा भएका सबै स्वास्थ्य चौकीहरुमा २४ र २५ गते खोप लगाइने छ ।

खोप लिन जाँदा अनिर्वायरुपमा उमेर खुल्ने कागजात लिएर जानुपर्ने छ । खोल केन्द्र बिहानको १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन गरिने छ ।