Friday, June 19News That Matters

कक्षा १२ सहित अन्य सबै परिक्षाहरु स्थिगित हुने

पूर्णपूष्टि, साउन १८

कोरोना भाईरसको तेस्रो लहर बढेको भन्दै साउन ३१ गते बाट गर्ने भनिएका कक्षा १२ का परिक्षा सहित अन्य परिक्षाहरु समेत फेरि स्थिगित हुने भएको छ ।

सोमबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुने परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गर्ने घोषणा गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएकाले परीक्षा स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न शिक्षा मन्त्रालयसँग परामर्श गरी उचित निर्णय गरिने बताए । राज्यमन्त्रीको कार्ययोजनाको बुँदा नम्बर ११ मा परीक्षा स्थगनको विषय उल्लेख छ । तर परीक्षा स्थगनबारे निर्णय भने भइसकेको छैन ।