
पूर्णपुष्टि, साउन १२ । उदयपुरमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ का स्थानीय सिद्धेश्वर माध्यामिक विद्यालय मुसहर्नीयाका ४८ बर्षीय शिक्षक गजेन्द्र गिरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार शिक्षक गिरीले गत असार १७ गते चौदण्डीगढी–७ स्थित एक होटलमा जबरजस्ती करणी गरेको भन्दै पिडित महिलाले उजुरी दिएपछि गिरीलाई शनिबार पक्राउ गरिएको हो । पक्राउ परेका गिरीको सम्बन्धमा जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
