Saturday, April 25News That Matters

उदयपुरमा मालवाहक गाडीले किचेर वृद्धको घटनास्थलमै मृत्यु

पूर्णपुष्टि, साउन १९ । ट्राफिक प्रहरीले दुर्घटनाको उच्च जोखिम स्थलको रुपमा पहिचान गरी ब्ल्याक स्पर्ट नाम दिएको मदनभण्डारी राजमार्ग अन्तर्गत कटारी–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका–७ अँधेरी–जोगिटोल (तीन किलोमिटर सडक) मा ट्रक चालकले ज्यान गुमाएको चारदिन नवित्दै आज अर्को एकजनाले ज्यान गुमाएको छ । चिसो पेयपदार्थ बोकेको मालबाहक गाडीले किचेर स्थानीय ७२ वर्षिय टंकबहादुर लामिछाने मगरको मृत्यु भएको हो ।

सामानसहित गाईघाटतर्फ आउदै गरेको मालवाहक गाडीले किच्दा मगरको घटनास्थलमै मृत्यु भएको हो । अर्का एकजना गम्भिर घाइते भएको जनाइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले घटनाको पुष्टि गर्दै विस्तृत वितवरण आउन बाँकी रहेको बताउनुभयो । यसअघि अनगिन्ति दुर्घटना हुने गरेको सो ठाउँमा साउन १५ गते प्र. १–०२–००१ ख ९२६० नम्बरको ट्रक पल्टिएर चालक ३५ वर्षिय जीवन वि.क. को मृत्यु भएको थियो ।