Tuesday, June 30News That Matters

उदयपुरमा मिडिया विकास कोषबारे सचेतना कार्यक्रम

पूर्णपुष्टि, माघ १९

उदयपुरका पत्रकारहरुलाई नेपाल प्रेस काउन्सिलले मिडिया विकास कोषबारे १ दिने सचेतना कार्यक्रम गराएको छ । सोमबार गाईघाट स्थित ड्रिमल्याण्ड होटलमा जिल्लाका सबै पत्रकारहरुको उपस्थितिमा कार्यक्रको आयोजना गरिएको हो ।

मिडिया क्षेत्रको विकास र सहजिकरण सँगै दिर्घकालिन पेशा प्रति चासो राख्दै काउन्सिलले मिडिया कोष विकास बारे जिल्लाका पत्रकारहरु सँग अन्तरक्रिया समेत गरेका छन् ।

काउन्सिलबाट मिडिया बिकास कोष अन्तरगतका बरिष्ट पत्रकार तिर्थ कोईराला, र प्रेस काउन्सिलका सहप्रसाशकिय अधिकृत राम प्रसाद पोखरेल कर्यक्रम सहित जिल्ला आईपुग्नु भएको थियो । काउन्सिलमा भएको सेवा सुविधा र देश व्यापी रुपमा कार्यरत पत्रकारहरुको सम्बन्धित मिडियाको दिर्घकालिन संञ्चालनमा बिषेश ध्यान पुराउने भन्दै समाज प्रति सुचनाको क्षेत्रलाई थप प्रभावकारी बनाउ काउन्सिलले दिने सुविधाहरु प्राप्त भयो या भयना भन्दै जिल्लालाई सचेत गराउन उदयपुरमा पनि यस कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा काउन्सिल बाट आउनुभएको बरिष्ठ पत्रकार तिर्थ कोईरालाले अहिले कोही पनि मोफसलको पत्रकारहरु नरहेको बताउनुभयो ।

उहाँले प्रविधिमय विकासका कारण स्थानीय स्थरमा लेखेका सबै समचारहरु देशमा मात्र नभई विश्वव्यापी रुपमा फैलिने यो समय रहेको बताउनुभयो ।

कोईरालाले बिगतको पत्रकारीताको स्मरण गर्दै अहिले सबै पत्रकारहरु राष्ट्रिय स्थरको रहेता पनि क्षमता र दिमाख भने राष्ट्रिय स्थरको बन्न नसकेको बताउनुभयो ।

पत्रकारीताको एकपक्षिय दिर्घकालिन पेसाको लागि पुरानो प्रविधिको प्रयोग अहिले हुने अवस्था नरहेपनि शैली, सिप, ज्ञान, र दिमाख ज्ञान पहिलेकै प्रयोगमा आउने उहाँले बताउनभुयो । अहिलेको जेनेरसनले पुरानो अध्यान गर्न जरुरी रहेको भन्दै पुरानो पत्रकारीताको शैलीलाई नियाल्नु पर्नेमा जोड गर्नुभयो ।

यसैगरी बरिष्ठ पत्रकार कौशल चेम्जोङले जिल्लाको बिभिन्न समस्याहरु काउन्सिललाई प्रस्ट्याउनु भयो । जिल्लामा मिडिया आकर्षण जति बढ्दैछ त्यसका लागि उति सेवा सुविधा र प्रविधिमैत्रिको आवश्यकता रहेको बताउनुभयो । अव विगतका प्रविधिहरुमा नयाँ पुस्ताहरुले मिडिया संञ्चालन गर्न नसक्ने र मिडियामा टिक्न नसक्ने भन्दै प्रविधि र सेवा सुविधालाई काउन्सिलले थप नयाँ प्रविधिका लागि पहल गर्नु पर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा सहभागी जिल्लाका पत्रकारहरुले मिडिया टिकाउन र मिडियामा सदैब आवद्ध रहन बिभिन्न कुराहरु अवाश्यक रहेको महसुस गरेका छन् । पहिलो कुरा मिडिया बचाउन लगानी, दक्ष जनशक्तिहरु आवश्यक रहेको र त्यसका लागि अनुदान, र सिप तालिमहरुको आयोजनामा काउन्सिलले ध्यान पुराउनु पर्नेमा जोड गरेका छन् ।

कार्यत्रममा सहभागीहरुको जिज्ञासालाई पे्रस काउन्सिलका सह प्रशासकिय अधिकृत राम प्रसाद पोखरेलले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम नेपाल पे्रस काउन्सिलको आयोजना र नेपाल पत्रकार महासंघ उदयपुरको समन्वयमा भएको थियो ।