
पूर्णपुष्टि, पुष १४ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेँरी झर्ना नजिकै शनिबार मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मत्यु हुनेमा सह–चालक इटहरी उप–महानगरपालिका–२ बस्ने २४ बर्षीय सुदिप राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार बिहान ११:५० बजेको समयमा काठमाण्डौँबाट सुनसरी तर्फ जादैँ गरेको बागमती प्रदेश ०१–००६ ख ५७४९ नम्बरको ट्रक आफै अनियन्त्रित हुँदा सह–चालक राईको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनाग्रस्त ट्रक र चालक सोहि ठाउँ बस्ने विज्ञान तामाङलाई नियन्त्रणमा लिईसकेको डिएसपी चापागाईले जनाए । मृतक राईको जिल्ला अस्पताल उदयपुरमा पोष्टमार्टम भईरहेको प्रहरीले जनाएको छ ।
