Thursday, April 30News That Matters

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाईते

पूर्णपुष्टि, वैशाख २ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–१५ रानिवास गाईघाट दिक्तेल सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जना घाईते भएको छ । त्रियुगा नगरपालिका–१४ बस्ने वर्ष १७ को सुदिप मगर घाईते भएको प्रहरीले जनाएको छ । गाईघाटबाट रौता तर्फ जाँदै गरेको स.८प.२०१३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदैँ गरेको ना.६ ख.८२४८ नम्बरको बसले ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते भएका मगरको दाईने खुट्टा भाचिएको छ । उनलाई उपचारको लागि बिराटनगर गोल्डेन अस्पताल लगिएको प्रहरीले जनाएको छ । बसको चालक त्रियुगा नगरपालिका–१० बस्ने २९ वर्षीय दिनेश मगर ईलाका प्रहरी चौकी साउनेको नियन्त्रणमा रहेको छ ।