Friday, May 15News That Matters

उदयपुरमा राखिएको प्रहरीको ८३ गुनासो पेटिकामा चार गुणासो, सुधार गर्न पत्रचार

पूर्णपुष्टि, असार ३
उदयपुरमा राखीएको प्रहरीको गुणासो पेटिकामा सर्वसाधरण तथा जनताहरुले ४ गुनासो तथा सुझावहरु खसाएका छन् । कार्य सम्पादन सम्झौता अनुरुप प्रहरी कार्य सम्बन्धि सुझाव संकलनका लागि प्रहरीले राखिएको पेटीकामा जनताको ४ गुणासो फेला परेको हो । उनिहरुले प्रहरीलाई ४ गुणासो पेटीका मार्फत सुझाउनुका साथै सम्पानदका लागि निर्देश समेत गरेको छ ।

१ नं। प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुखबिच २०७८÷०८÷२३ गते उदयपुरका ८३ ओटा स्थानमा गुनासो पेटिका खडा गरिएका थिए । जिल्लाका ८ वटा पालिका तथा ७५ वटा वडा कार्यालयहरु गरि जम्मा ८३ वटा गुणासो पेटिका मत पेटिका बिहिबावर स्थानीय तहका जननिर्वाचित पदाधिकारी, बुद्धिजिबी समेतको उपस्थितीमा खोली हेर्दा निम्न ४ वटा गुनासो प्राप्त भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए ।

कटारी नगरपालिका ३ नं। वडा कार्यालयमा मुस्कान सहितको प्रहरी सेवा नभएको, कटारी नगरपालिका ११ नं वडा कार्यालयमा वडाबाट नागरिकहरुलाई प्रदान गरिने सेवा सुबिधा सन्तोषजनक नरहेको, रौतामाई गाउँपालिका वडा नं २ को कार्यालयमा वडा सचिवले सेवाग्राहीलाई गर्ने ब्यवहार राम्रो नभएको र रौतामाई गाउँपालिका वडा नं। ७ को कार्यालयमा मुर्कुची बजार सफा राख्नुपर्ने गरी चार माग पेटिकामा फेला परेको हो । जनवासी तथा सर्वसाधरणहरुको उक्त मागलाई सम्बोधन गर्न तथा सम्बन्धित तहमा सुधारको लागि मातहतलाई आवश्यक निर्देशन दिसकेको प्रहरीले जनाएको छ । साथै स्थानिय तहसंग सम्बन्धित गुनासो तथा सुझाबहरुको लागि तालुक जिल्ला प्रशासन कार्यालय उदयपुरलाई कार्यान्वयन तथा समन्वयात्मक भुमिकाको लागी पत्रचार गरिएको जिल्लो प्रहरी कार्यालय उदयपुरले जनाए ।