
पूर्णपुष्टि, कार्तिक २४ । उदयपुरमा रातीको १० बजेसम्म देउसी भैलो खेल्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शुक्रबार एक सुचना जारी गर्दै रातीको १०:०० बजेसम्म मात्र देउसी भैलो खेल्न पाईने जाकारी दिएका छन् ।
देउसी भैलो सभ्य ढङ्गले राती १०:०० बजेसम्म खेल्न जिल्ला प्रशासन कार्यालय उदयपुरले अनुरोध गरेको छ । त्यस्तै छठ पर्वको अवसरमा भने मंसिर ३ गते राती ११:०० बजेसम्म मात्र सांस्कृतीक परम्परा अनुसारको कार्यक्रम गर्न÷गराउनुहुन कार्यालयले अपिल गरेको छ ।
सुचनामा भनिएको छ ‘चार्डपर्वको समयमा पटाका, आतिशवाजी, जस्ता प्रज्वनशिल पदार्थ पड्काउने, किनबेच, ओसार पसार गर्ने, मदिरा सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, जुवातास, उच्छृङ्गल देउसी भैलो एवंम कानुनले निषेध गरिएका कार्य नगर्न नगराउन सम्पुर्ण जिल्लावासीहलाई अनुरोध गरिन्छ । चार्डपर्वमा निषेध गरिएका कार्य गरे गराएमा कानुन बमोजिम कारवाही गरिने समेत सुचनामा उल्लेख छ ।
