
पूर्णपुष्टि, चैत्र २७
उदयपुरमा रौनियार युवा समिति गठन भएको छ । शुरेस गुप्ताको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको हो । शनिवार गाईघाट स्थित रौनियार युवा समिति गठन गरिएको अध्यक्ष सुरेश गुप्ताले जनाए । गुप्ता सँगै उपाध्यक्ष अजय गुप्ता, सचीव आदर्श गुप्ता, सहसचिव रन्जन गुप्ता रहेको छ भने राहुल गुप्ता सदस्य, मुकेश गुप्ता सदस्य, अमर रौनियार, सदस्य, रोहित गुप्ता, सदस्य, पृन्स गुप्ता सदस्य, सागर रौनियार सदस्य शंकर रौनियार सदस्यगरी ११ जना समितिमा रहेको छ । रौनियार समुदायलाई सक्षम र उर्जाशिल बनाउने भन्द समिति गठन गरिएको हो । यस समितिले आफ्नो समुदायलाई सचेत गराउने र समाजमा माथी उठ्न प्रयात्न गर्ने जनाईएको छ ।
