
पूर्णपुष्टि, कार्तिक ३०
उदयपुरमा लाईसेन्सको लागि ट्रायल दिने ठाउँ तयारी अन्तिम चरणमा पुगेको छ । गाईघाट स्थित गैरुनमा ट्रायलको लागि ठाउँ बनाइएको छ । अबको ३÷४ दिनपछिनै सुरु गरिने लाईसेन्स ट्रायलको काम अन्तिम चरणमा पुगेको हो । काम करिब ९५ प्रतिशत भन्दा बढी भईसकेको छ ।
उदयपुरमा लाईसेन्सको लागि धमाधम अनलाईन फर्म पनि खुलिरहेको छ । हाल सम्म करिब २ सय जनाले लाईसेन्सको लागि फर्म भरिसकेको यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले जनाएको छ ।
कार्यालयको प्रमुख सुवास कार्कीका अनुसार अब ट्रायल केहि दिन अर्थात ३÷४ दिन पछि सुरु गरिने जनाए ।
ट्रायल दिने ठाउँ आसपास सबै व्यवस्था भएपछि ट्रायलमा अवश्यक केहि कामहरु ट्राफिक लाईट, जेव्रा क्रसिङहरु लगाउने बित्तिकै ट्रायल सुरु हुने कार्कीले जनाए । हाल उदयपुरमा बी क्याटोगोरिका ४ पाँग्रे र २ पाँग्रे सवारीहरुको ट्रायल दिन सकिने पनि कार्कीले बताए । उदयपुरमा ट्रायल राजावासको गैरुनामा दिन सकिने छ ।
फोटोफिचर


