
पूर्णपुष्टि, फागुन २३
उदयपुरमा अवैध लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ लालपत्ताबाट शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलिले सप्तरीबाट गाईघाट तर्फ आउदै गरेको लु ५१ प ७११३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा चालक सिरहा जिल्लाको लहान नगरपालिका–३ बस्ने बर्ष २३ को सुजित चौधरी र पछाडि सवार सप्तरी जिल्लाको खडक नगरपालिका–१ बस्ने बर्ष २२ को महेश कुमार चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट डाईजेपाम–३५ एम्पुल, लुपिजेसिक–३५ एम्पुल, फेनार्गन–३५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै त्रिनपा–६ लालपत्ता प्रहरी चौकीबाट खटेको विशेष प्रहरी टोलिले सप्तारीबाट गाईघाटतर्फ आउदै गरेको ना १ ज ७२८७ न. को विंगर चेकजाँच गर्ने क्रममा विंगरमा सवार त्रिनपा–४ वगाहा वस्ने वर्ष १९ को होमबहादुर मगर लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । उनको साथबाट नाइट्राजिपाम ७५ ट्याब्लेट फेला बरामद भएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेकाहरुलाई प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।
