
पूर्णपुष्टि, फागुन २३
आफ्नै छोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा महोत्तरीमा बुवा पक्राउ परेको छ । बर्दिबास नगरपालिका खयरमारामा घरमा कोही नरहेको बेला १३ वर्षीया छोरीमा बलात्कारको प्रयास गरेको आरोपमा ती पुरूषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

पक्राउ परेका आरोपित बुवालाई जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
