
पूर्णपुष्टि, साउन २५
उदयपुरमा लागुऔषध गाजाँ सहित प्रहरीले दुई युवकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका –६ लालपत्ता बस्ने १९ बर्षीय कमल चौधरी र सोहि स्थानका २४ बर्षीय सुनिल बस्नेत रहेका छन् ।
आज दिउसो ५ बजे ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीको गस्ति टोलिले लालपत्ता खोलाको डिलमा बस्नेतले बोकी ल्याएको निलो प्लाष्टिकको झोलालाई शंका लागि चेकजाँच गर्दा ५१० ग्राम लागुऔषध गाजाँ सहित दुबैलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तोष आचार्यले बताए । पक्राउ परेका दुवै जनाको जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको छ ।
